उपचार पछि निको भएर ३ लाख बढी घर फर्के, कति छन् संक्रमित ?

काठमाडौं । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलि रहेको छ । सारा विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म सारा विश्वमा ८१ हजार ८५७ जनाको ज्यान गईसकेको छ भने यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या विश्वभरमा १४ लाख २३ हजार ६४२ पुगेको छ ।

त्यस्तै कोरोनाको उपचार पछि निको भएकाको संख्या ३ लाख १ हजार ६२३ रहेको छ । कोरोना भाइरसको महामारीबाट विश्वकै अति प्रभावित देशको पहिलो नम्बरमा रहेको इटालीमा अहिले सम्म १७ हजार १२७ जनाको ज्यान गईसकेको छ भने संक्रमितको संख्या १ लाख ३५ हजार ५८६ रहेको छ ।

अहिलेसम्म कोरोना भाइरस विश्वका २०९ देशहरुमा फैलिइसकेको छ । त्यस्तै स्पेनमा अहिलेसम्म कोरोनाको महामारीबाट १४ हजार ४५ जनाको मृत्यु भएको छ भने भाइरसबाट १ लाख ४१ हजार ९४२ जना संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३ लाख ९४ हजार १८२ जनामा कोरोनाको संक्रकण देखिएको छ । मृतकको संख्या १२ हजार ७१६ पुगेको छ ।

त्यस्तै फ्रान्समा अहिलेसम्म १० हजार ३२८ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् भने १ लाख ९ हजार ६९ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा मृतकको संख्या अहिलेसम्म ३ हजार ३ सय ३१ पुगेको छ । त्यस्तै ब्रिटेनमा कोरोना भाइरसका कारण ६ हजार १ सय ५९ जनाको ज्यान गएको छ भने ५५ हजार २४२ जनामा कोरोनाको संक्रमण पाइएको छ ।

के कोरोना संक्रमणपछि गन्ध र स्वाद थाहा हुँदैन ? ज्वरो र खोकी नै मूख्य लक्षण

विश्वलाई त्राहिमाम बनाएको कोरोना भाइरस कोभिड १९ का कारण मानिसहरु निकै आतिएका छन् । विश्वका २०९ मुलुकमा फैलिसकेको भाइरसका कारण संक्रमति भएका मानिसमा गन्ध वा स्वाद थाहा नपाउने हुन्छ कि हुँदैन भन्ने हाम्रो जिज्ञासा मेट्न वैज्ञानिकहरुले नयाँ तथ्य प्रस्तुत गरेका छन् । ब्रिटेनका अनुसन्धानकर्ताहरूका अनुसार संक्रमितलाई गन्ध वा स्वाद थाहा नपाउने अवस्था देखिन सक्छ ।

लण्डनस्थित द किङ्स कलेजको एउटा समूहले ‘कोभिड १९’ को लक्षण देखिएको विवरण एउटा एपमार्फत् व्यक्त गरेका ४ लाखभन्दा बढी मानिसको जवाफको अध्ययन गरेको थियो।

तर गन्ध वा स्वाद थाहा नपाउनु, रुघाखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी अन्य सङ्क्रमणको पनि लक्षण हो।

विज्ञहरूले सबैभन्दा बढी ध्यान दिनुपर्ने र कदम चाल्नुपर्ने लक्षण चाँहि ज्वरो र खोकी भएको उल्लेख गरेका छन्।

यदि तपाईँ वा तपाईँसँगै बसिरहेका कोहीमा निरन्तर खोकी वा उच्च ज्वरो देखिएको छ भने कोरोनाभाइरसको सङ्क्रमणको जोखिम नियन्त्रणका लागि घरभित्रै बस्न सुझाव दिइएको छ।

अध्ययनले के फेला पार्‍यो ? 
द किङ्स कलेजका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरसका सम्भावित लक्षणबारे विज्ञहरूलाई बुझ्न थप मद्दत पुगोस् भन्ने उद्देश्यले आफ्नो अध्ययन केन्द्रित गरेका थिए।

कोभिड सिम्पटप ट्रायकर एपका अनुसार सम्भावित लक्षण रहेको भनिएका व्यक्तिहरूले निम्न धारणा राखेका थिए :

५३ प्रतिशतले आफूले थकित वा गलेको महसुस गरेको बताए

२९ प्रतिशतले निरन्तर खोकी भएको बताए

२८ प्रतिशतले सास फेर्न गाह्रो भएको बताए

१८ प्रतिशतले गन्ध र स्वाद थाहा नपाएको बताए

१०. ५ प्रतिशतले ज्वरो आएको बताए

अध्ययनमा सहभागी चार लाख मानिसमध्ये १७ सय २ जनाले ‘कोभिड १९’ को परीक्षण गराएका थिए। त्यसमध्ये ५७९ जनामा कोभिड९ १९ देखिएको थियो।

कोरोनाभाइरसको सङ्क्रमण देखिएकामध्ये प्रत्येक पाँच जनामध्ये तीन जनाले स्वाद वा गन्ध थाहा नपाएको धारणा राखेका थिए।

यसअघि लोकपमथा प्रकाशित यी समाग्री पढ्नुहोस् : 

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्काे भाइरस !

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

कोरोनाको आँकडा लुकाएको विश्वव्यापी आरोपपछि बोल्यो चीन, सत्य के हो?

 

के निर्जिव वस्तु छुँदा कोरोना सर्छ ! के भन्छन् चिकित्सक ?

कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलि रहेको छ । सारा विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म सारा विश्वमा ८१ हजार ८५७ जनाको ज्यान गईसकेको छ भने यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या विश्वभरमा १४ लाख २३ हजार ६४२ पुगेको छ ।

त्यस्तै कोरोनाको उपचार पछि निको भएकाको संख्या ३ लाख १ हजार ६२३ रहेको छ । कोरोना भाइरसको महामारीबाट विश्वकै अति प्रभावित देशको पहिलो नम्बरमा रहेको इटालीमा अहिले सम्म १७ हजार १२७ जनाको ज्यान गईसकेको छ भने संक्रमितको संख्या १ लाख ३५ हजार ५८६ रहेको छ ।

अहिलेसम्म कोरोना भाइरस विश्वका २०९ देशहरुमा फैलिइसकेको छ । त्यस्तै स्पेनमा अहिलेसम्म कोरोनाको महामारीबाट १४ हजार ४५ जनाको मृत्यु भएको छ भने भाइरसबाट १ लाख ४१ हजार ९४२ जना संक्रमित भएका छन् ।

त्यस्तै अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३ लाख ९४ हजार १८२ जनामा कोरोनाको संक्रकण देखिएको छ । मृतकको संख्या १२ हजार ७१६ पुगेको छ ।

त्यस्तै फ्रान्समा अहिलेसम्म १० हजार ३२८ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् भने १ लाख ९ हजार ६९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै चीनमा आज नयाँ ३९ जना कोरोना संक्रमित पाइएका छन् ।

चीनमा मृतकको संख्या अहिलेसम्म ३ हजार ३ सय ३१ पुगेको छ । त्यस्तै ब्रिटेनमा कोरोना भाइरसका कारण ६ हजार १ सय ५९ जनाको ज्यान गएको छ भने ५५ हजार २४२ जनामा कोरोनाको संक्रमण पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?