६ वर्षीया बालिका माथि जबरजस्ती करणी

गुल्मी । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुसिकोट नगरपालिका – ६ कुर्घा बस्ने २० वर्षीय प्रेम गुरुङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वामीटक्सारबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।

साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?