काठमाडौं । अप्रिल फूललाई झूट बोल्ने दिनका रुपमा लिईन्छ । कतिले यो दिन झूट बोलेर मजाक गरेको पनि पाइन्छ । भलै कोरोनाको त्रासका कारण यो वर्ष अप्रिल फूलमा खरिने मजाकको खासै चर्चा भएन । तर यही दिन एक गम्भीर विषयमा भ्रम फैलाइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको नामबाट सामाजिक सञ्जालमा आएको एउटा ‘फेक’ सूचनाले भ्रम फैलाएको छ । भ्रम कसले फैलायो भन्नेबारे नखुलेपनि सो भ्रामक सूचनामा कक्षा १० को स्थगित भएको परीक्षा वैशाख २१ गतेदेखि हुने र कक्षा ११ र १२ को परीक्षा निर्धारित मितिमै हुने उल्लेख गरिएको छ ।
तर राष्ट्रिय परीक्षा बोर्डले यसबारे कुनैपनि निर्णय नभएको भन्दै भ्रममा नपर्न आमविद्यार्थी तथा अभिभावकलाई अनुरोध गरेको छ ।
बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले कोरोना भाइरसको संक्रमणको जोखिमका कारण बोर्डको बैठक नै बस्न नसकेको भन्दै परीक्षाबारे कुनै निर्णय नभएकाले भ्रममा नपर्न अनुरोध गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया