काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणको लागि स्वास्थ्य क्षेत्रमा जटिलता देखिएको छ । यसैक्रममा कोरोनाको त्रास बढ्दै जाँदा वीर अस्पतालले ज्वरो र रुघाखोकीका विरामीको चेक जाँचको लागि नयाँ कक्ष निर्माण गरि परिक्षण थालिएको छ ।
अस्पतालका अनुसार उक्त कक्षमा पर्सनल प्रोटेक्टिभ इक्यूप्मेन्ट (पिपिई) लगाएका स्वास्थ्यकर्मीहरुलाई मात्र प्रवेश गर्न दिइन्छ ।
कोरोनाको कारण यतिबेला विश्व नै आक्रान्त बनेको छ । जसका कारण स्वास्थ्यको क्षेत्रमा ठुलो जटिलता थपिएको छ । विश्वमा शक्ति राष्ट्रको रुपमा चिनिएका राष्ट्रहरु समेत कोरोनाका कारण हारेको देखिन्छ । हालसम्म नेपालमा भने ५ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । भने १ जना निको भएर घर फर्किसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया