आजदेखि राष्ट्रियसभा निर्बाचनको मौन अवधि, यी गतिविधि गर्न बन्देज

काठमाडौं, २२ माघ । माघ २४ गते बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ निर्वाचन हुनुभन्दा ४८ घन्टाअघिदेखि मौन अवधि सुरु हुन्छ । मौन अवधिमा कुनै पनि राजनीतिक दलका उम्मेदवार, कार्यकर्ता, मतदाता तथा सञ्चारमाध्यमले समेत निर्वाचन प्रचारका गतिविधि गर्न पाउदैनन् सामाजिक सञ्जाल तथा कुनै पनि प्रविधिमार्फत मत मागेमा उम्मेदवारलाई एक लाख रुपैयाँ जरिवाना र उम्मेदवारी खारेज गर्नसम्म सकिने प्रावधान रहेको निर्वाचन आयोगले जनाएको छ बुधबार राष्ट्रिय सभा सदस्यको निर्वाचनबाट प्रत्येक प्रदेशबाट ८–८ जना गरी ५६ जना निर्वाचित हुनेछन् भने तीन जना सरकारको सिफारिसमा प्रधानमन्त्रीले नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ यद्यपि केही प्रदेशबाट उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेका छन् । राष्ट्रिय सभाका ५६ मध्ये २४ सिटमा निर्विरोध निर्वाचित भइसकेका कारण बाँकी ३२ सिटका लागि बुधबार निर्वाचन हुन लागेको हो गत मंसिर १० र २१ मा गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन भएपनि राष्ट्रिय सभाको निर्वाचन नभएका कारण समानुपातिकतर्फको मतपरिणाम अझै घोषणा हुन सकेको छैन राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभाका सांसद र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । प्रदेश सभा सदस्यको मतभार ४८ रहेको छ भने स्थानीय निकायका प्रमुख र उपप्रमुखको १८ रहेको छ । राष्ट्रिय सभा निर्वाचनमा देशभर २ हजार ५६ जना मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?