काठमाडौंमा वर्षा, कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?

काठमाडौं । काठमाडौंमा अहिले वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी तथा मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?

चैत्र १४ गते (शुक्रबार)

रातीः देशको पश्चिमी र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रही पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। देशका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

चैत्र १५ गते (शनिबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।

रातीः देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ ।

चैत्र १६ गते (आइतबार)

दिउँसोः देशको पहाडी भू(भागमा आँशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।

रातीः देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?