फ्रान्सबाट नेपाल आएकी युवतीको परिवारका सदस्यको रिपोर्ट नेगेटिभ

काठमाडौं । फ्रान्सबाट नेपाल आएकी १९ वर्षिय युवतीको परिवारका सदस्य सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । युवतीमा कोरोना संक्रमित देखिएपछि उनको परिवारको पनि कोरोना परीक्षण गरिएको थियो । परिवारको सदस्यको आजै रिपोर्ट आएको हो । फ्रान्सबाट नेपाल आएकी थिइन परिवारका सदस्य आइसोलेसनमा थिए ।

कोरोना संक्रमण देखिएकी युवतीका परिवारलाई नै क्वारेन्टाइनमा राखिएको थियो । फान्सबाट नेपाल आएकी भनिएकी १९ वर्षिय युवतीमा कारोना संक्रमण देखिएकोले उपचारका लागि टेकु हस्पिटल राखिएको छ ।

उनी चैत ४ मा फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी थिइन् । होम क्‍वारेन्टाइनमा बसेको अवस्थामा ती १९ वर्षीया युवतीलाई कोरोना भाइरस (कोभिड-१९) देखिएसँगै उनका परिवारका सबै सदस्यलाई क्‍वारेन्टाइनमा राखिएको थियो ।

यो पनि पढ्नुहोस् : कोरोना देखिएकी युवतीका सबै परिवार क्‍वारेन्टाइनमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?