झापाको बिएन्डसी टिचिङ्ग अस्पताल कोरोना उपचार गर्न उपलब्ध गरिने प्रसाईको घोषणा (विज्ञप्तीसहित)

काठमाडौं । झापामा रहेको बिएन्डसी टिचिङ्ग अस्पताल कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि प्रदान हुने भएको छ । अस्पताल कार्यकारी निर्देशक दुर्गा प्रसाईले एक विज्ञप्ती जारी गर्दै त्यस्तो घोषणा गरेका हुन् ।

प्रसाईले कोरोनाका विरामीहरुलाई उपचार गर्नका लागि २५ बेडको भेन्टिलेटर, १०० बेडको आईसीयु, ८०० नर्मल बेड, १०५ जना डाक्टर, ९०० जना स्वास्थ्यकर्मी भएको सुविधाजन्य अस्पताल राज्यलाई दिन तयार रहेको घोषणा गरेका छन् ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा सरकारसँग हस्पिटलले कोरोना भाइरस संक्रमितको उपचार गर्नका लागि पिपिई सेट र मास्क उपलब्ध गराउन माग्दा उपलब्ध नगराइएकाले यसअघि उपचार गर्न नसकिएको जनाएको छ ।

हस्पिटलमा रहेका १०५ जना डाक्टरसहितको स्वास्थ्यकर्मीलाई आवश्यक व्यवस्थापन गर्दै सरकारले आवस्यक्ता अनुसार आजैबाट प्रयोग गर्न सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?