प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्पताल भर्ना भएका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

गत फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण पछि डाक्टरहरुले आराम गर्नका लागि सुझाएका थिए । आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । केही सामान्य भेटघाट तथा दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका थिए ।

अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?