सुर्खेत, २१ माघ । प्रदेश ६ को पहिलो बैठकले माघ २९ गते सभामुखको चुनाव गर्ने कार्यसूची पारित गरेको छ आइतबार दिउँसो करिब ४५ मिनेट बसेको प्रदेश संसदको बैटक विभिन्न प्रस्तावहरु पारित गर्र्दै सम्पन्न भएको छ जेष्ठ सदस्य हिमबहादुर शाहीले सुरु गरेको बैठकमा एमाले, माओवादी, कांग्रेस र राप्रपाबाट चारजना सांसदले सम्बोधन गरिसकेपछि विभिन्न प्रस्तावहरु पारित गरी सम्पन्न भएको हो बैठकले प्रदेश संसद सञ्चालन कार्यविधि र सभामुख चयनको मितिसहित सबै प्रस्ताव पारित गरेको हो । सोही अनुसार माघ २९ गते सभामुख चयनको प्रक्रिया सुरु हुनेछ बैठकमा एमालेबाट यामलाल कंडे, माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही, कांग्रेसबाट जीवनबहादुर शाही र राप्रपाबाट शोसीला शाहीले सम्बोधन गरेका थिए । प्रदेश ६ मा समानुपातिकसहित ४० जना प्रदेश सांसद रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया