कन्टेनरमा लुकि वीरगञ्ज पुगेका ५२ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौंबाट कन्टेनरभित्र लुकेर वीरगञ्ज पुगेका ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई मंगलबार राति वीरगञ्जको घण्टाघरबाट नियन्त्रणमा दिइएको हो ।

सरकारले कोरोना जोखि न्यूनिकरणका लागि मंगलवार बाट देशभर लकडाउन गरेको छ । तर उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज पुगेका थिए ।

काठमाडौंमा सामान छाडेर वीरगञ्ज जाँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा चढेर अउनीहरु वीरगञ्ज गएका हुन् ।

साथै कन्टेनर चालकलाई उनीहरुले २–२ सय रुपैयाँ भाडा दिएको बताएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?