काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणबाट सतर्कता अपनाउन सरकारले मङ्गलबारदेखि एक हप्तासम्म घरबाहिर ननिस्कन निर्देशन दिएसँगै इन्टरनेटको खपत ह्वात्तै बढेको छ ।
तत्काल एक हप्तासम्म घरमै बस्न सरकारले गरेको आग्रहको पहिलो दिनमै इन्टरनेटको खपत सामान्य दिनको तुलनामा करिब दोब्बरले बढेको छ ।
दूरसञ्चार तथा निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकको सेवा करिब देशैभर विस्तार भइसकेको र घरबाहिर जान नपाउने अवस्थामा इन्टरनेट प्रयोग गतिलो विकल्प बन्दा यसको खपत बढेको पाइएको छ । यसबाहेक कोरोना भाइरससँग सम्बन्धित सूचना तथा जानकारीका लागि अनलाइन सजिलो माध्यम भएकाले अन्य दिनमा भन्दा इन्टनरेटको खपत तुलनात्मक रूपमा बढिरहेको छ ।
घरभित्र रहँदाको फुर्सदिलो समयमा खासगरी भिडियो सामग्रीको उपयोग बढ्दा इन्टरनेट खपत बढिरहेको इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान)का अध्यक्ष भोजराज भट्टले बताए। ‘गेमिङ, भिडियो डाउनलोड तथा एकैै परिवारमा धेरैले एकैपटक युट्युब प्रयोग गर्दा इन्टरनेटको ट्राफिक एकदमै बढिरहेको छ, उनले भने । विगत केही दिनयता नै नेपालमा इन्टरनेटमा चाप बढिरहेको छ । नियमित किसिमको चहलपहल घट्दै जाँदा इन्टरनेटको खपत भने त्यसै अनुसार बढ्दै गएको आइस्पानले जनाएको छ । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया