परिवारसँग रमाइलो गरे आउँदैन मानसिक समस्या

काठमाडौँ। अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मुुलुक लडाइँमै उत्रिएको छ । त्यस सत्रमा जनजीवन घरमै बसेर बितिरहेको छ । यस्ता अवस्थामा कतिपयले मानसिक समस्या सामना गरिहेका छन् । परिवारसँग रमाइलो वातावरणमा बस्ने बा(नीले मानसिक समस्याबाट छुटकारा पाउने विज्ञहरूको सुझाव छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्य कोरोनाका कारण मानसिक समस्या पनि बढेको बताउँछन् । तनाव र चिन्ता भएपछि मानसिक समस्या आउनु स्वाभाविक भएको भन्दै उनी भन्छन्, “पहिलेदेखि चिन्तामा रहेकालाई यस्तो बेला समस्या पर्न सक्छ ।” कतिपयले मानसिक अवस्थामा आएको समस्या समाधान गर्न मदिरा सेवन पनि गर्ने गरेको उनको भनाइ छ ।

यस्तो बानी ठीक नभएको उनको सुझाव छ । आफूले हालै गरेको उपचार सम्झँदै डा. शाक्यले भने, “२१ वर्षे एक युवकले आफूलाई पनि कोरोना लाग्छ भनेर घरभरि सामान फाल्ने गरेपछि परिवारले अस्पताल ल्याएको र परामर्शपछि घर लगे ।”
कोरोना लाग्नेबित्तिकै मानिस मर्छ भन्ने भ्रमले पनि मानसिक समस्या आउने गरेको उनको अनुभव छ ।

मङ्गलबारबाट घरबाहिर निस्कन नपाउने नियम लागू गरेसँगै यो सङ्क्रमण फैलिने डर कम भएको बताउँदै उनले भने, “मानसिक स्थितिलाई बलियो बनाउनुका साथै आफूले सुरक्षित हुने विधि अपनाए यो रोग लाग्ने सम्भावना न्यून हुन्छ ।”
चिन्ताले रोगसँग लड्न सक्ने क्षमता कम गर्ने भएका कारण चिन्ता नलिन उनको सुझाव छ । कुनै पनि वस्तु छोएमा कोरोना सङ्क्रमण हुने होइन, सङ्क्रमित व्यक्तिका कारण मात्र यो रोग सर्ने उनको भनाइ छ । बारम्बार हात हुनु र सरसफाइमा ध्यानु दिनु यो रोगबाट बच्ने उपाय भएको चिकित्सकको सुझाव छ ।गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?