काठमाडौं । भारतको पटनामा उपचाररत वीरगञ्जका व्यापारी शिवकुमार रुँगटा मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । रुँगटालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको थियो ।
उनलाई ज्वरो तथा रुघाखोकी देखिएपछि कोरोना संक्रमणको शंका गरी पटना मेडिकल कलेज एण्ड हस्पिटलमा भर्ना गरिएको थियो ।
रुँगाटाको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको तथा परिवारजनले बताए भन्दै समाचारहरु प्रकाशित एवं प्रशारित समेत भएका थिए । कोरोनको आशंकामा उनको बारम्बार स्वास्थ्य परिक्षण गरिएको थियो । तर आइतबार बिहान गरिएको परीक्षणमा उनलाई कोरोना नलागेको भन्दै नेगेटिभ रिपोर्ट आएको थियो ।
उनी लामो समयदेखि मिर्गौलाका बिरामी रहेका थिए । उनलाई निमोनिया भएको पाइएको निमोनियाको कारण स्वास फेर्न गाह्रो भएर उपचार गराएको र मंगलबार अपरान्ह उनलाई अस्पतालले डिस्चार्ज गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया