आज प्रदेश २, ५, ६ र ७ मा प्रदेशसभा बैठक, प्रदेश २ मा दौरासुरुवाल निषेध !

काठमाडौं । आज प्रदेश नं. २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक बस्दै छ । प्रदेश २ को प्रदेशसभा बैठक जनकपुरधाम बस्दैछ भने प्रदेश ५ को बुटवल, प्रदेश ६ को सुर्खेत र ७ नं. प्रदेशको धनगढीमा बैठक बस्न लागेको हो प्रदेश १ र ४ को बैठक सोमबारको लागि तय भएको छ । प्रदेश ३ को बैठक भने गत माघ १८ नै सम्पन्न भइसकेको छ बैठकका लागि सबैजसो प्रदेश सांसदहरु अस्थायी राजधानी पुगिसकेका छन् । चारवटै प्रदेशको बैठकको कार्यसूची पनि निर्धारण गरिसकिएको छ । बैठकको सुरुमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गर्ने कार्यसूची छ । त्यसपछि अन्तरिम प्रदेशसभा सञ्चालक कार्यविधि पारित गर्ने र सभामुखको निर्वाचनको मिति तोक्ने बैठकको मुख्य कार्यसूची छ प्रदेश २ को प्रदेश बैठकमा दौरासुरुवाल निषेध !प्रदेश २ को प्रदेशसभा बैठकको अध्यक्ष जेष्ठ सांसद लगनलाल चौधरीले गर्ने छन् । सभामुख चयन नभएसम्म जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने प्रावधानअनुसार ७५ वर्षीय चौधरीले आइतबारको बैठकको अध्यक्षता गर्ने लागेका हुन् प्रदेशसभाले नयाँ सभामुख चयन नगरेसम्म प्रदेशसभा चलाउने जिम्मा चौधरीकै हुनेछ मधेस केन्द्रित दलको बाहुल्य रहेको प्रदेश २ मा मर्यादापालकलाई दौरा सुरुवाल निषेध गरिएको छ । सांसदहरुले सुविधाअनुसारको पोशाक लगाउने छन् माघ १९ मा भएको सपथ ग्रहण कार्यक्रममा ४७ जनाले मैथिली, २५ जनाले भोजपुरी, २४ जनाले नेपाली र ११ जनाले हिन्दीमा शपथ लिएका थिए प्रदेश ५ का सांसदलाई खाना र आवासमा २० प्रतिशत छुटको व्यवस्थाप्रदेश ५ को प्रदेश सभा बैठकको अध्यक्षता ७९ वर्षीय बलदेव शर्मा पोखरेलले गर्नेछन् । प्रदेश ५ को सभामुख चयनका लागि २८ माघमा निर्वाचन गर्ने मिति प्रस्ताव गर्ने कार्यसूची रहेको छ उद्योग वाणिज्य संघको भवनलाई प्रदेश सभा भवनको रुपमा प्रयोग गरिएको छ । रातभर पनि कर्मचारीहरु बैठकको व्यवस्थापन मिलाउन खटिएका थिए ५ नं. प्रदेशमा बर्दिया, बाँके, दाङ, पूर्वी रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, पाल्पा, रुपन्देही र पश्चिम नवलपरासी पर्दछन् । ति जिल्लाका अधिकांश सांसद अघिल्लो दिन नै बुटवल आइसकेका छन् । पहिलो बैठकमा आएका सांसदहरुका लागि स्थानीय होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले खाना र आवासमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ ६ नं. प्रदेशको पहिलो बैठक दिउँसो १ बजेप्रदेश ६ को बैठकको लागि सुर्खेतमा पनि सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य हिमबहादुर शाहीले गर्नेछन् । बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ बैठकको सुरुमा राष्ट्रियगान बजाउने, शहीदहरुको सम्मानका लागि एक मिनेट मौन धारण गर्ने र प्रदेश प्रमुखले पठाएको बैठक आह्वान सम्वन्धी पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको छ जेष्ठ सदस्य शाहीले लिखित मन्तव्य राख्ने तयारी गरेका छन् । त्यसपछि प्रदेश सांसदहरुले संक्षिप्त मन्तव्य राख्नेछन् । प्रदेश ६ मा एमालेका २०, माओवादीका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् रातभर खटिएर कर्मचारी र कामदारत्यसैगरी, प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा बस्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठक जेष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा हुनेछ बैठकका लागि सभाहल तयार पार्न कर्मचारी र कामदारहरु रातभरी खटिएका थिए बैठकस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । बैठक कक्षभित्र पनि ३० जना मर्यादापालकलाई खटाउने तयारी गरिएको छ । बैठकको दृष्य प्रदेशसभा हल बाहिर टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत् देखाइने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?