काठमाडौं । सरकारले मंगलबारदेखि देशभर लकडाउन गरेको छ । तर सवृसाधारणको अतयावश्यमक मागलाई मध्यनजर गर्दै सीमित बैंक तथा वित्तीय संस्थाको शाखा खुल्ला हुने भएको छ ।
राष्ट्र बैंकले ग्राहकको सुविधा र अत्यावश्यक अवस्थालाई ख्याल गर्दै यो व्यवस्था गरेको हो ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले लकडाउनको समयमा ग्राहकको संख्या कम भए पनि अत्यावश्यक सेवा उपलब्ध गराउन सीमित शाखा खुला गर्न लागेको बताए ।
यसअघि सरकारले लकडाउनको घोषणा गर्दै बैंकिङ सेवालाई अत्यावश्यक सूचीमा नराखेपछि बैंकहरु खुल्छन् कि खुल्दैनन् भन्ने अन्यौलता सिर्जना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया