काठमाडौं – कान्ति बाल अस्पतालमा कोरोनाको आशंकामा तीन जना बालकलाई भर्ना गरिएको छ ।
आइतबार एक जना र सोमबार दुई जना गरी तीनजना बालकहरु कान्ति बाल अस्पतालको आइसोलेसनमा उपचारत रहेको स्रोतले बतायो ।
उनीहरुको परिवारले जनाएअनुसार आइतबार भर्ना भएका बालकको बुबा दुबईबाट नेपाल आएका थिए । आइतबार भर्ना भएका दुई बालकमध्ये एकजनाको काका चाइनाबाट आएको र अर्को एक बालकको बुबा कतारबाट आएका थिए । उनीहरुको उमेर क्रमश १४ महिना, ४ वर्ष र साढे ४ वर्ष छ । उनीहरुका अभिभावक ति ३ नै देश कोरोनाको प्रभावित देशहरु हुन् । बालकहरु उनीहरुसँग सम्पर्कमा रहेपछि बालकहरुमा कोरोनाको लक्षण देखिएकोले परिवारले उपचारका लागि अस्पताल ल्याएका हुन् ।
तीन जना बालकहरु आइसोलेसनमा उपचार गरिरहेको अस्पतालले जनाएको छ । अभिभावक कोरोना प्रभावित देशबाट स्वदेश फर्किएको १४ दिन पुगेको थिएन । अस्पतालले उनीहरुको अभिभावकको पनि नमुना जाँचको प्रयास गर्दैछ । उनीहरुको सम्पर्कमा रहेका बालकहरुमा कोरोनाको लक्षण देखिएको भन्दै परिवारले उनीहरुलाई अस्पताल लगेको थियो । तर ति बालकको रिर्पोट आइसकेको छैन ।
विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १४ हजार ९ सय २५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ३ लाख ४५ हजार २८९ जनालाई संक्रमण भएको छ । ९९ हजार ७८ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म १९२ देशमा संक्रमण फैलिएको छ ।
नेपालमा पनि उच्च सर्तकता अपनाइएको छ ।
यसैबीच आज विहान आकस्मिक पत्रकार सम्मेलन डाकेका स्वास्थयमन्त्री भानुभक्त ढकालले एक जना नेपालीमा कोरोना देखिएको जानकारी दिए ।
यो लिंक हेर्नुहोस् ।
कोरोना अपडेट : कुन देशमा कतिको मृत्यु ? कति पुगे संक्रमित ?
धमाधम ‘लकडाउन’ हुँदै जिल्लाहरु : लकडाउनमा के गर्नु हुन्छ, के गर्नु हुँदैन?
१९ वर्षे नेपालीमा कोरोना पोजेटिभ देखिएसँगै व्लडोमिटर्सले देखायो २ जना संक्रमित
१९ वर्षे नेपालीमा कोरोना पोजेटिभ देखियो, स्वास्थ्यमन्त्रीले भने – ‘टेकुमा उपचार हुँदैछ’
सार्वजनिक यातायातबाट यात्रा गर्दै हुनुहुन्छ ? सावधान कोरोना भाइरसबाट यसरी बच्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया