सरकारी कार्यालय बन्द गरिँदै : सरकारी कर्मचारी ‘स्ट्याण्डबाई’ बस्ने

काठमाडौं । सरकारले अत्यावश्यक सेवा प्रवाह गर्न सरकारी कर्मचारीलाई घरमा नै स्ट्याण्डबाई बसाउने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको सिंहदरवारमा बसेको बैठकले सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने निर्णय गरेको हो ।
ती कार्यालयबाट सेवा प्रवाह बन्द गर्ने तर कर्मचारीले कार्यालयमा हाजिर हुने भनिए पनि कार्यालय खुलेपछि सेवाग्राही पुग्ने भएकाले कर्मचारीलाई नै विदा दिन लागिएको हो । कर्मचारीलाई घर घरमै तयारी अवस्थामा बस्ने तर कार्यालय आउन नपर्ने तर स्ट्याण्डबाई राख्ने तयारी छ । कार्यालय प्रमुख र उच्च पदस्थ कर्मचारीको हकमा भने विदा नहुने बताइएको छ ।

सबै कार्यालय बन्द नगर्दासम्म सडकमा र सार्वजनिक स्थलमा सर्वसाधारणको आवागमन नरोकिएको कारण कर्मचारीलाई विदा दिन लागिएको हो ।

कोरोना भाइरस : वैज्ञानिकको नयाँ दाबी
धमाधम ‘लकडाउन’ हुँदै जिल्लाहरु: लकडाउनमा के गर्नु हुन्छ, के गर्नु हुँदैन ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?