काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) र सरकारबीच समन्वय गरेर अगाडि बढ्ने सहमति भएको छ ।
कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले वैदेशिक रोजगारमा गएका नेपालीलाई स्वदेश फर्कन रोक लगाएको छ । उक्त विषयमा एनआरएनएका अध्यक्ष कुमार पन्तले उत्त विषयलाई आपत्ति जनाएका थिए ।
पन्तको टोलीले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गरेर छलफल गरेको छ ।
भिषा तथा श्रमस्वीकृतिको म्याद सकिएर वा अन्य कारणले अफ्ठेरोमा परेर स्वदेश नफर्की नहुँने आपतकालिन अवस्था भएकाहरुलाई स्वदेश ल्याउन सहयोग पुर्याउने सहमति भएको छ ।
छलफल पछि अध्यक्ष पन्तले भने–विदेशमा अफ्ठेरो अवस्थामा रहनुभएका र स्वदेश फर्कन जरुरी परेकाहरुले सम्बन्धित दूतावास वा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद(एनसीसीमा) सम्पर्क गर्न सक्नुहुने छ ।
उनले यो परिस्थितिमा जो जहाँ भएपनि मुकाबिला गर्नुको विकल्प नभएको बताए । आपतकालीन अवस्थामा उद्दारका लागि आफुहरु तयार रहेको उनले बताए । सरकारसमेत उक्त विषयमा सकारात्मक रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया