काठमाडौं । कोरोना भाइरसको संक्रमण सारा विश्वमा महामारीको रुपमा फैलिएपछि धार्मिक कार्यहरु समेत प्रभावित बनेका छन्। भारत, साउदी अरब, अमेरिका, इटालीसहित बिभिन्न देशहरुमा रहेका धार्मिक स्थान सर्वसाधरणका लागि बन्द गरिएका छन्।
सारा विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसको न्यूनीकरण गर्न भन्दै काठमाडौँ उपत्यकाका धार्मिक क्षेत्रमा पनि सतर्कता अपनाउन शुरु गरिएको छ।
न्यूरोड, टेबाहः मा रहेको शंकटा मन्दिर, महांकाल मन्दिर, तेबहाः स्थित भद्रकाली मन्दिर वटुको भद्रकाली मान्दिरमा शुक्रवारबाट भक्तजनहरुलाई प्रवेश निषेध गरिएको छ।
नियमित नृत्य पूजा भने सञ्चालन गरिने भएको छ। शनिवार शंकटा महांकालमा पूजा गर्नेहरुको भीड लाग्ने गर्दछ। तर हिजोदेखि नित्य पूजा आरती बाहेक सर्वसाधारण्का लागि मन्दिर प्रवेशमा रोक लगाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया