राष्ट्रियसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय सभा बैठक स्थगित गरिएको सभामुख गणेश तिमल्सिनाले जानकाी दिए ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्णय गरेलगत्तै बिहीबार राष्ट्रियसभा बैठक बसे पनि शुक्रबारबाट स्थगित गरिएको हो ।

कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबार बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?