बझाङ । बझाङका तरुण दल अध्यक्ष विष्णु ऐडी सवार मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा उनकी श्रीमतीको मृत्यु भएको छ ।
बिहिबार छविस पाथिभेरा गाउँपालिका को भाँडे बजारबाट श्रीमती र ३ बर्षिय छोरासँगै घर जाने क्रममा खोलागाडा भन्ने ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा उनकी श्रीमती उजला ऐडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छविसपाथिभेरा गाउँपालिकामा पर्ने भाँडेबजारबाट भे.न.पा. ६७८१ नम्बरको मोटरसाइकलमा परिवार सहित घरतर्फ जाने क्रममा खोलागाडा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनाबाट उजला ऐडीको मृत्यृ भएको र घाइते अध्यक्ष ऐडि र उनका छोराको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवै को जिल्ला अस्पताल बझाङ उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया