काठमाडौं । सरकारले मुख्य बाली बस्तुको उचित मुल्य तोक्ने भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले बुधबार आफ्नो कार्ययोजना प्रस्तुत गर्दै त्यस्तो घोषणा गरेका हुन् ।
भुसालले किसानको खर्च कटाएर नाफा हुने गरी कृषिवस्तुको समर्थन मूल्य तोक्ने उद्घोष गरेका हुन् । उनले मुख्य बाली वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित वचतको ग्यारेन्टी हुने गरी न्युनतम समर्थन मूल्य तोक्ने बताएका छन् ।
उनले भने– ‘सरकारले तोकेको मूल्यमा किसानले बजारमा कृषि वस्तु बेच्न सक्ने र यदि बिक्री नभएमा सरकारले किनिदिन्छ । अब नगदेबालीमा २५ प्रतिशत नाफा सुनिश्चित हुन्छ । ’
उनल भने ‘कृषिमा दलाल पूँजीवाद छ्यापछ्याप्ती छ हाम्रो पाँच नीतिले यसलाई धक्का दिन्छ र मेरो प्रमुख ध्येय त्यही हो । धादिङमा कृषकले ५० रूपैयामा बेचेको काउली काठमाडौंमा १५० पर्ने संस्कार अन्य हुन्छ । उपभोक्ताले तिरेको मूल्य कृषककै हुनेछ ।
उनले हरेक किसानले पाँच प्रतिशत नबढ्ने गरी कृषि ऋणको व्यवस्था गरीने समेत घोषणा गरेका छन् ।
उनले उत्पादन सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा–टेवा, सस्तो र सुलभ ऋण, बाली तथा पशुपन्छी बीमा र न्यूनतम बचतको ग्यारेन्टी गरिएको बताए । उनले हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारेन्टी गर्न स्थानीय तहमा ६ हजारको संख्यामा रिक्त रहेका कृषि तथा पशुसेवा तर्फका प्राविधिक जनशक्तिको दरबन्दी तत्काल पदपूर्ति गर्न लागिएको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया