भारतीय विदेशमन्त्री स्वराज स्वदेश प्रस्थान

काठमाडौँ, १९ माघ । भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेकी छिन् उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले बिदाइ गरेका थिए बिहीबार अपरान्ह विशेष विमानबाट काठमाडौं आएकी भारतीय विदेशमन्त्री स्वराज राजनीतिक भेटघाट सकि शुक्रबार स्वदेश फिर्ता भएकि हुन् बिहिबार होटल सोल्टीमा भावी सरकारका प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट भएको थियो स्वराज र ओलीबीच झण्डै ४५ मिनेट वान टु वान भेट भएको थियो । त्यस लगत्तै स्वराजले एमाले नेताहरुसँग सामूहिक भेट गरेकि थिइन् । एमालेले बिहिबार साँझ स्वराजलाई होटल सोल्टीमा रात्रीभोज दिएको थियो स्वराजले शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग होटल सोल्टीमा छुट्टा–छुट्टै भेटवार्ता भएको थियो त्यसलगत्तै राष्ट्रपति भण्डारीलाई भेट्न स्वराज शितलनिवास पुगेकि थिइन् । त्यसपछि बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी उनी फर्किएकि हुन् प्रधानमन्त्री देउवाले स्वदेश फर्कनु अघि भारतीय विदेशमन्त्री स्वराजलाई प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा दिवाभोज दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?