सुष्मा स्वराजको नेपाल भ्रमणबारे मोहन विक्रमले गरे यस्तो टिप्पणी

काठमाडौं, १९ माघ । नेकपा मसालले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण विस्तारवादी नीति लाद्नका लागि भएको टिप्पणी गरेको छ महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै आफ्ना विस्तारवादी नीतिलाई नयाँ प्रकारले लागू गर्न स्वराजले नेपाल भ्रमण गरेको टिप्पणी गरेका छन् उनले विज्ञप्तिमा भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमणलाई आफ्नो पार्टीले गम्भीर रुपमा लिएको पनि उल्लेख गरेका छन् सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा वाम पक्षधर शक्तिहरुको विजय र काग्रेस पक्षको पराजयका सन्दर्भमा नयाँ सरकारद्वारा नेपालप्रतिका आफ्ना विस्तारवादी नीतिहरुलाई नयाँ प्रकारले लागू गर्न वातावरण तयार पार्न नै भारतीय विदेशमन्त्रीको नेपाल यात्रा भएको हो भन्ने कुरा प्रष्ट छ ।’सिंहले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताविरुद्ध भारतले कदम चाल्दै आएकोले कसैले पनि यसलाई साथ दिन नहुने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?