ट्युसन पढ्न जादै गरेकी १४ वर्षिया किशोरी बलात्कृत

सल्यान । सल्यानमा ट्युसन पढ्न जादै गरेकी एक १४ वर्षिया किशोरी बलात्कृत भएकी छिन् । शारदा नगरपालिका निवासी एक किशोरी बलात्कारको आरोपमा मंगलबार राति प्रहरीले सोहि नगरपालिकाका किशोरलाई पक्राउ गरेको छ । बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

कक्षा १० मा अध्यनरत ती बालिकालाइ माघ १२ गते बिहान एसइइको ट्युसन पढ्न जाँदै गर्दा आरोपित किशोरले बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिए ।

घटना बारे कसैलाइ जानकारी दिएमा ज्यान मार्ने धम्कीसमेत दिएको पिडितको जाहेरिमा उल्लेख रहेको इन्सपेक्टर वलीले बताए । घटना भएको लामो समयपछि पिडित बालिकाले आफ्नो अभिभावकलाई घटना बारे बताएपछि पीडित परिवारले प्रहरीलाई खबर गरी जाहेरी दिएको बताइएको छ ।

पिडित बालिकाका आफन्तले जाहेरी दिए लगतै जिल्ला प्रहरी कार्यालय सल्यानले आरोपित बालकलाई उनको घर नजिकबाट पक्राउ गरी अनुसन्धान भइरहेको इन्सपेक्टर वलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?