NULL

सातौँ दिन पनि रुकुम पूर्वको बन्द जारीरुकुम, १७ माघ – रुकुम पूर्वको सदरमुकाम सार्ने निर्णय गरिएपछि शुरु भएको आन्दोलनका कारण सातौँ दिन पनि यहाँ बन्द जारी छ जिल्लाको सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोटमा रहेको सदरमुकाम यही माघ ११ गतेको मन्त्रिपरिषद् बैठकले पुथा उत्तरगंगा गाउँपालिका–१२ को गोलखाडालाई तोकेपछि सिस्ने गाउँपालिकाका स्थानीयवासी आन्दोलित भएका हुन् मन्त्रिपरिषद्को निर्णय गलत भएको र निर्णय नसच्याइएसम्म रुकुम पूर्वमा बन्द जारी राख्ने आन्दोलनकारीको भनाइ छ । सदरमुकाम रुकुमकोट र त्यस आसपासका सर्वसाधारणले जिल्लाका सबै सरकारी कार्यालयमा तालाबन्दी गरेर दैनिक घेराउ गरिरहेका छन् रुकुमकोटबाट जिल्ला सदरमुकाम गोलखाडा सार्न नदिन सडक अवरुद्ध गरिएको छ । रुकुमकोटमै सदरमुकाम राख्ने निर्णय नगरिएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिका संयोजक नन्दलाल शर्माले बताए गत असोज २० गतेदेखि कान्छो जिल्लाका रुपमा रुकुम पूर्वले छुट्टै जिल्लाको रुपमा कामकाज गर्न थालेको थियो । रुकुमकोट साविक रुकुम जिल्लाको सदरमुकाम पनि थियो । तर २०१९ सालमा स्थापना भएको सदरमुकाम २०३० सालमा मुसिकोट सारिएको थियो । साविक जिल्लाको सदरमुकाम सारिएको ४४ वर्षपछि रुकुमकोटलाई छुट्टै जिल्लाको सदरमुकाम बनाइएपनि त्यो धेरै समय टिक्न नपाउने स्थिति आएको स्थानीयवासी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?