सपथ ग्रहणपछि राष्ट्रियसभाका सदस्यहरुले गरे यस्तो प्रतिवद्धता

काठमाडौं ।नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले राष्ट्रियसभाको गरिमा कायम राख्दै नीति निर्माणका लागि भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

नवनिर्वाचित राष्ट्रियसभा सदस्य विमला घिमिरेले सपथ ग्रहणपछि बोल्दै अनुशासित भएर आफ्नो कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाए । सिंङ्गो नेपाली जनताको हित र राष्ट्रलाई सर्वोपरि राखेर गर्नुपर्ने सबै कुराहरुलाई नैतिक धरतल भित्र रहेर पुरा गर्ने प्रतिवद्धता गरे ।

अर्का सदस्य देवेन्द्र दाहालले आफु निर्वाचित भएर आएको क्षेत्रका जनताप्रति उत्तरदायि भएर देशको नीति निर्माणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । नीति निर्माणका साथै विकासको क्षेत्रमा पनि आफने भूमिका रहने उनले बताए ।

अर्का सदस्य मृगेन्द्रकुमार सिंहले प्रतिनिधिसभा र राष्ट्रिय पञ्चायतको आफ्नो अनुभवका साथ राष्ट्रियसभाको गरिमा कायम राख्दै आफुले कार्यसम्पादनमा भूमिका खेल्ने बताए । राष्ट्रियसभा परिपक्व संसद भएकाले विचारहरु परिपक्व आउनुपर्ने र निर्णय पनि परिपक्व ढंगले हुनुपर्ने बताए ।

राष्ट्रियसभा सदस्यहरुले बुधबार पद तथा गोपनियताको सपथ दिएका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पद तथा गोपनियताको सथप ग्रहण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?