उपाधिका लागि एपीएफ र पुलिस क्लब भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताको छैटौं संस्करणको फाइनल खेल आज हुँदैछ ।

नेपालगञ्ज कर्भडहलमा हुने खेलमा एपीएफ र नेपाल पुलिस क्लब भिड्दै छन् । फाइनल खेल दिउँसो २ बजे नेपालगञ्ज कर्भडहलमा शुरु हुनेछ ।

प्रतियोगितामा दुवै टिम अपराजित रहँदै फाइनल पुगेका हुन् । यस्तै, प्रतियोगिताको तेस्रो स्थानका न्यु डाइमण्ड र आर्मीले खेल्नेछ ।

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तृतीय हुने टिमले ५० हजार रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?