तनहुँ । काँग्रेस युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले राम्रा काममा भन्दा गलत क्रियाकलापमा फस्दा वर्तमान सरकारको आलोचना बढेको टिप्पणी गरेका छन् ।
उनले काँग्रेसभित्र पनि व्यापक समस्या रहेको भन्दै पार्टीलाई बलियो बनाउन तल्लो तहबाट नै सङ्गठन विस्तार गर्नुपर्नेमा जोड दिए ।
मंगलबार तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ४,५ र ६ को वडा भेला तथा सम्मेलनमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले काँग्रेसका कार्यकर्तासँग मात्र नभई आम जनताको घर–घरमा पुगेर काङ्ग्रेसले अभियान सञ्चालन गर्नुपर्ने धारणा राखे ।
उनले नेकपा सरकारले नयाँ काम गर्न नसकेको भ्रष्टाचार ७० करोड अडियो प्रकरणमा गम्भीर ढंगले छानबिन हुनुपर्ने पनि बताए ।
नेता पौडेल गृह जिल्ला तनहुँमा अहिले विभिन्न कार्यक्रममा व्यस्त छन् ।
उनी भोलि फागुन २१ गते पनि व्यास नगरपालिका वडा नं ६ स्थिति श्री महेन्द्र ज्योति माविमा विद्यार्थीहरुका लागि स्कुल ब्याग वितरण र शुक्लागण्डकी नगरपालिका वडा नं ८ मा वडा भेलामा प्रमुख अतिथिको उपस्थित हुने कार्यक्रम रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया