स्पानियोलसँग एट्लेटिको बराबरी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा एट्लेटिको पुछारको स्पानियोलसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा खेलको २४ औं मिनेटमा स्टेफान साभिकको आत्मघाती गोलबाट स्पानियोलले अग्रता बनाएको थियो । तर, खेलको ४७ औं मिनेटमा साउल निगुएजले गोल गर्दै एट्लेटिकोलाई बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै एट्लेटिकोले २६ खेलबाट ४४ अंक जोडेको छ । एट्लेटिको लिगको पाँचौं स्थानमा रहेको छ ।

स्पानियोल २० अंक जोडेर पुछारमा रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?