काठमाडौं । म्यान्चेष्टर सिटीले तेस्रो पटक लिग कप (काराबाओ कप) को उपाधि हात पारेको छ ।
आईतबार राति भएको खेलमा एन्टन भिल्लालाई पराजित गर्दै सिटीले लिग कपको उपाधि उचालेको हो । वेम्वलीमा भएको खेलमा सिटीले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्यो ।
सर्जियो अग्युरो र रोड्रीले गोल गर्दै सुरुवातमै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ३० मिनेटभित्रै सिटीले खेलमा २-० को अग्रता बनाएको थियो । भिल्ला क्लबका मबवाना समताले हेडमार्फत एक सानत्वना गोल गरे ।
म्यान्चेष्टर सिटी यस बर्ष प्रिमियर लिगको उपाधि होडबाट लगभग बाहिरिसकेको छ । शीर्ष स्थानको लिभरपुल भन्दा सिटी २२ अंकले पछाडी छ ।
सिटीले गत बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको खेलमा रियल मड्रिडलाई पराजित गरेको थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया