सचिवालय बैठक अघि प्रचण्ड–नेपालबीच भेट

काठमाडौं । आज ११ बजे बस्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक अघि अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएको छ ।

स्रोतका अनुसार प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका थिए । सचिवालय बैठक बस्नुअघि केहि समय छलफल गरेरसँगै निस्किएको स्रोतले जनाएको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद मिलाउन माधवकुमार नेपालले कसरत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?