फाइनलका लागि थ्री स्टार र शेर्पा भिड्दै

काठमाडौं । सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज अन्तिम सेमिफाइनल खेल हुँदैछ ।

कैलाली हसनपुरस्थित धनगढी रंगशालामा हुने दोस्रो सेमिफाइनलमा ए डिभिजनका दुई क्लब थ्री स्टार र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र शेर्पाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । विजेताले उपाधिका लागि मंगलबार आयोजक सुदूरपश्चिम-११ को सामना गर्नेछ । सोमबार भएको खेलमा विभागीय टिम एपीएफलाई २-१ गोल अन्तरले पराजित गर्दै आयोजक पहिलो पटक उपाधि नजिक पुगिसकेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५-१५ हजार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?