काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ ।
निर्धारित २० ओभरमा हङकङले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमै अलआउट हुँदै जम्मा १११ रनमात्र बनाउन सक्यो ।
थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।
हङकङका निजाकट खानले सर्वाधिक ४८ रन दिलाए । उनले पहिलो विकेटका लागि साहिद वासिफसँग ५८ रनको साझेदारी गरेका थिए ।
वासिफ २६ रनमा आउट भए । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४६ रन बनाउन बाहेक अन्य खेलाडीहरुले राम्रो स्कोर बनाउन सकेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया