बर्नेमाउथसँग चेल्सीको बराबरी

काठमाडौं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सी बराबर खेल खोलेको छ । शनिबार राति भएको खेलमा चेल्सी बर्नेमाउथसँग २-२ गोलको बराबरी खेल खेलको छ ।

बर्नेमाउथको घरेलु मैदानमा मार्कोस अलन्सोले ३३ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५४ औं मिनेटमा जेफर्सन लेर्माको गोलबाट बर्नेमाउथ खेलमा फर्कियो ।

खेलको ५७ औं मिनेटमा जोसुवा किङले गोल गर्दै बर्नेमाउथलाई २-१ को अग्रता दिलाए । तर, खेलको ८५ औं मिनेटमा मार्कोस अलन्सोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै चेल्सीले २८ खेलबाट ४५ अंक जोड्दै लिगको चौंथो स्थानमा रहेको छ । बर्नेमाउथ २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?