नेकपाको सचिवालय बैठक बस्दै, सुल्झिएला विवाद ?

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्ने सचिवालय स्रोतले जनाएको छ ।

बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने विषयको विवादबारे छलफल गर्ने भएको छ ।

१० फागुनको सचिवालय बैठकमा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय भएसँगै पार्टीभित्र मत विभाजन भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध खेल भएको भन्दै सचिवालयको निर्णय मान्‍न बाध्य नहुने चेतावनी दिएका थिए । अर्कोतिर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरूले सर्वसम्मत निर्णय कार्यान्वयन गर्न ओलीलाई दबाब दिइरहेका छन् । उक्त निर्णय कार्यन्वयन हुनुपर्ने उनीहरुको अडान छ ।

विवाद टुंग्याउन विभिन्‍न तहमा पटकपटक वार्ता भए पनि अझै समझदारी बन्‍न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?