‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा

काठमाडौं । सरकारले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ ।

एक वर्ष अघि ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुरस्कार स्थापना गर्ने घोषणा गरेका हुन् । पर्यटन क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तिलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्नेगरी मन्त्रालयले कार्यविधि बनाउने काम गरिरहेको उनले बताए । मन्त्री भट्टराईले कार्यविधि निर्माण प्रकृयामा रहेकाले यस वर्षको पुरस्कार अधिकारीको जन्मदिन आगामि बैसाख २२ गते वितरण गरिने र अर्को वर्षबाट भने स्मृति दिवसकै दिन वितरण गरिने जानकारी दिए ।

गत वर्ष फागुन १५ गते आजकै दिन तेह्रथुमको चुहानडाँडामा निर्माण हुन लागेको विमानस्थलको अवलोकन गर्दै ताप्लेजुङको पाथिभर दर्शन गरेर काठमाडौं फर्कने क्रममा तत्कालिन मन्त्री अधिकारी सहित सात जना सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना हुँदा दुखद निधन भएको थियो ।

दुर्घटनामा परी मन्त्री अधिकारीसँगै नेपाल सरकारका उपसचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवेन्द्रकुमार श्रेष्ठ, निर्देशक ध्रुव बजिमय, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?