नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । आजको बैठकमा एमसीसीको विषयमा छलफल गर्ने बताइएको छ ।

सो विषयमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शमौ ओली र पुष्पकमल दाहालले धारणा राख्ने बुझिएको छ । त्यसपछि के गर्ने भन्ने विषयमा निर्णय हुने बताइएको छ ।

एमसीसी अध्ययन कार्यदलले फागुन ९ गते अध्ययन प्रतिवेदन सुझावसहित अध्यक्षलाई बुझाएको थियो । १० गतेको बैठकमा यसविषयमा छलफल भएपनि निर्णय हुन सकेका थिएन् ।

त्यस्तै निवर्तमान सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादीत अडियो प्रकरणका विषयमा समेत छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?