काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा जर्मन क्लब वायर्न म्युनिखले जित हात पारेको छ ।
मंगलबार राति भएको खेलमा वायर्नले इन्ग्लिश क्लब चेल्सीलाई ३–० गोल अन्तरले पराजित भएको हो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन सर्ज गन्ब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।
हारसंगै चेल्सीको क्वार्टरफाईनल प्रवेशको सम्भावना कठिन बनेको छ । प्रियिमर लिगको पछिल्लो खेलमा टोटेनहमविरुद्ध प्राप्त शानदार जितले चेल्सीले घरेलु मैदानमा राम्रो गर्ने अपेक्षा गरिएको थियो ।
तर प्रियिमर लिगविरुद्ध हाबी देखिदै आएको वायर्नले चेल्सीविरुद्ध समेत शानदार जित निकाल्न सफल रह्यो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया