कम्युनिष्ट पार्टी कमिसनबिना अगाडी बढ्न सक्दैनः सांसद गिरी

काठमाडौं । सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडी बढ्न नसक्ने बताएकी छिन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै सांसद गिरीले कमिसन बिना नेकपा एक कदम पनि चल्न नसक्ने दाबी गरिन । ‘नेकपाको समाजवाद कमिसनवाद बिना टिक्न सक्छ ?’ भन्ने प्रश्न गर्दै सांसद गिरीले पार्टीको राजनीतिक दस्तावेजमै कमिसनवादलाई समेट्न सुझाव समेत दिएकी छिन् । उनले भनिन, ‘‘क्या नेपाल कमयुनिष्ट पार्टीका समाजवाद कमिसनवादके विना टिकेगा ? एक कदम नहि चल सक्ता हे नेकपाका समाजवाद इस कमिसनवादके विना । इसलिने नेपाल कम्युनिष्ट पार्टीके राजनीतिक दस्तावेजमे कमिसनवादको लिगलाइज गर्ते हुए एक च्याप्टर लाए और उस च्याप्टर पे हम बेहस करिङ्गे । कि ये कमिसन वाद और समाजवाद के बीचमे क्या सम्बन्ध हे ? बहुत सुने सामन्तवादको खत्तम किया कम्युनिष्ट पार्टी ने । दलाल पुजिँवादको खत्तम किया कम्युुनिष्ट पार्टी ने । और आके हम अड्के कहाँ हे अब अड्के हे क्रोनी पुँजीवादी मे । अभि नेपालके इस परिवेशमे इसे क्रोनिक पुजिँवाद कहिए या फिर नेकपाका पूँजीवाद कहिँए । इसमे कोही फरक नहिँ हे ।’’

सांसद गिरीले नेकपाले भ्रष्टाचारको परिभाषा नै परिवर्तनको तयारी गरिरहेको आरोप समेत लगाएकी छिन् । नेकपाले गर्ने भ्रष्टाचार सर्वहारा, दलित, शोषित र पीडितको नाममा हुने अरुले गरेको भ्रष्टाचार भ्रष्टाचार हुने भन्दै उनले प्रश्न गरिन । उनले भनिन, ‘विधिका शासन कहाँ गया ? सभामुख महोदय’

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रकरणले प्रतिपक्षी दलले बोलेको कुराहरुको सत्तारुढ दलले प्रवाह नगर्ने प्रविति हावी भएको बताइन । बास्कोटाले राजीनामा दिएपछि अख्तियारले सञ्चार मन्त्रालयमा छापा मारेको खवरहरु सार्वजनिक भएको प्रसंगमा उहाँले बास्कोटामाथि छानबिन गर्न हो की बचाउन छापा मारेको भन्दै प्रश्न गरिन । हुवाई देखि लिएर यति होल्डिङसम्म सरकार अड्को दाबी गर्दै गिरीले यो विषयमा प्रधानमन्त्रीले जिम्मेवारी लिँदै जवाफ दिनुपर्ने बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?