प्रदेश नम्बर २ की भौतिक बिकास पूर्वाधार राज्यमन्त्री डा. डिम्पल झाको राजीनामा फिर्ता भएको छ । राजीनामा फिर्ता भएपछि राज्यमन्त्री डा. झाले आजै मन्त्रालय पनि गएकि थिइन् ।
प्रदेश सरकारको कामकाज प्रति असन्तुष्टि जनाउँदै झाले माघ १४ गते राजीनामा दिएकी थिइन् ।
राजपा नेपालको अध्यक्ष मण्डलले राजीनामा फिर्ता गर्न आग्रह गरेपछि आजदेखि काम शुरु गरेको राज्यमन्त्री डा. झाले बताइन् ।
पार्टीले नै आफूलाई सांसद बनाएको र राज्यमन्त्री पनि बनाएकोले पार्टीको आदेशलाई आफूले अस्वीकार गर्न नसक्ने उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया