जितसँगै एट्लेटिको स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भिया रियललाई ३-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिको शीर्ष तीनमा उक्लिएको हो ।

खेलको १६ औं मिनेटमा पाको अल्कासेरले गोल गर्दै भियालाई अग्रता दिलाएका थिए । तर, खेलको ४० औं मिनेटमा एन्जल कोरेयाले गोल गर्दै एट्लेटिकोलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६४ औं मिनेटमा कोकेले गोल गर्दा एट्लेटिको २-१ ले अघि रह्यो । त्यपछि खेलको ७४ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई ३-१ को जित दिलाए ।

जितसँगै एट्लेटिकोले २५ खेलबाट ४३ अंक जोडेको छ । ३८ अंक जोडेको भिया लिगको सातौं स्थानमा रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?