खप्तड गोल्डकप : सुनौलो संगम र गोर्खा ब्वाईज भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । सर्वाधिक धनराशिको सुदुरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपमा सोमबार एकै शहरका दुई टिम भिड्दै छन् ।

कैलाली हसनपुरस्थित धनगढी रंगशालामा बुटबलको सुनौलो संगम क्लब र गोर्खा ब्वाईज क्लब रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ ।
खेल दिउँसो २:३० मा सुरु हुनेछ ।

प्रदेश नम्बर ४ का दुवै टिम जित निकाल्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छन् । विजेताले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ । प्रतियोगितामा सिमराको जन जागृति क्लब, भारतको कंचनजंघा एफसी र विभागीय टिम एपीएफए क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ ।

सुदुरपश्चिम स्पोर्ट्स क्लबको आयोजनामा विजेताले २१ लाख १ रुपैयाँ पाउनेछ । उपविजेताले १० लाख १ पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५-१५ हजार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?