काठमाडौं । म्यानचेस्टर युनाइटेडले इन्ग्लिश प्रिमियर लिग फुटबलको पाँचौं स्थानमा कब्जा जमाएको छ । आइतबार भएको खेलमा वाट्फोर्डलाई ३-० गोल अन्तरले पराजित गर्दै युनाइटेड शीर्ष पाँचमा कब्जा जमाएको हो ।
युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, एन्थोनी मार्सियल र मासुन ग्रिनवुडले एक एक गोल गरे । खेलको ४२ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
खेलको ५८ औं मिनेटमा मार्सियलले गोल गर्दा युनाइटेड २-० ले अघि रह्यो । त्यसपछि खेलको ७५ औं मिनेटमा ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई ३-० को सहज जित दिलाए ।
जितसँगै युनाइटेडले २७ खेलबाट ४१ अंक जोडेको छ । रेलिगेसन क्षेत्रको वाट्फोर्डले २४ अंक जोडेको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया