विद्यार्थीमाथीको ज्यादतिको विरोधमा नेविसंघको प्रदर्शन

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कानूनबमोजिम कारबाहीको माग गर्दै हिजो प्रदर्शनका उत्रेको नेविसंघमाथी ज्यादति गरेको विरोधमा नेविसंघले प्रदर्शन गरेको छ ।

राजधानीको प्रदर्शनी मार्गमा आज नेविसंघले प्रर्दशन गरेको हो । वाल्मीकि विद्या पीठबाट निस्किएको जुलुस राष्ट्रियसभा भवन नजिकै पुगेर पुन वाल्मीकिमै पुगेर कोण सभा गरिएको थियो । कोणसभामा प्रधानमन्त्री केपी ओलीको राजीनामासँगै निवर्तमान मन्त्री बस्कोटालाई कानूनी कारबाहीको माग गरिएको छ । प्रदर्शनका क्रममा ‘नेकपाको छोरोले, करोड माग्यो मोरोले’ ‘गोकुलसँगै सिकेछ, केपी ओली बिकेछ’ लगायतका नाराहरु लगाएका थिए उनीहरुले ।

हिजो बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै प्रदर्शनमार्गमा गरिएको प्रदर्शनीमा विद्यार्थी नेताहरुमाथि लाठी प्रहार गरिएको थियो । प्रहरीको लाठी प्रहारबाट नेविसंघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्री उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, महामन्त्री युवराज पाण्डेलगायत विद्यार्थी घाइते भएका थिए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलद्वारमा गरिएको विरोध प्रदर्शनमा पनि केहि विद्यार्थी घाईते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?