काठमाडौं । विभागीय टिम एपीएफ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा बराबरी खेल्दै अंक बाडेको छ ।
सातदोबाटोमा बिहिबार लिगको आफ्नो अन्तिम खेलमा एपीएफले ब्रिगेड ब्वाईज क्लबसँग १-१ गोलको बराबरी खेलेको हो । एन्फा कम्प्लेक्समा पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा एपीएफले ब्रिगेडसँग बराबरी खेलेको हो ।
खेलको ४४ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । यस गोलसँगै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका आशिषले लिगमा ९ गोल पुरा गरेका छन् ।
थप गरिएको समयको तेस्रो मिनेटमा ब्रिगेडका विजय गुरुङले गोल गर्दै खेल १(१ को बराबरीमा ल्याए । खेलमा एपीएफका नविन लामा म्यान अफ दि म्याच चुनिए । ब्रिगेडसँगको बराबरीसँगै एपीएफले १३ खेलमा ९ अंक जोड्यो । र, एपीएफ यस सिजनको लिगको १२ औं स्थानमा रह्यो ।
१३ खेलमा ९ अंक नै जोडेको ब्रिगेडले लिगको १३ औं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया