जितसँगै थ्री स्टार लिगको तेस्रो स्थानमा

काठमाडौं । थ्री स्टार सहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्दै थ्री स्टार तेस्रो स्थानमा उक्लिएको हो ।

थ्री स्टारको जितमा दिपेश घलेले निर्णायक गोल गरे । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र एनआरटीले गोलरहित बराबरी खेलेका थिए ।

जितसँगै थ्री स्टारले १२ खेलमा २३ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?