एनआरटीलाई हराउँदै मनाङ लिगको तेस्रो स्थानमा

काठमाडौं । न्युरोड टिम एनआरटीलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

आईतबार ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले एनआरटीलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । विमल रानाले ३५ औ मिनेटमा गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । अन्जन विष्टले ४३ औं मिनेटमा मनाङको अग्रता दोब्बर बनाए ।

६५ औ मिनेटमा अन्जनले ब्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ३–० ले अघि बढाए ।

खेलको ८९औं मिनेटमा सकुल रेग्मीले एनआरटीका लागि गोल गर्दै अन्तर घटाउने काम गरे । तर ईन्जुरी समयमा दया नन्द सिंहले गोल गर्दै मनाङलाई ४–१ को फराकिलो जित दिलाए ।

जित सहित मनाङ २२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मनाङले दुई खेल अगावै आफुलाई शीर्ष ६ मा सुरक्षित गरेको छ । एनआरटी १५ अंक सहित तालिकाको आठौं स्थानमा छ । पछिल्लो नतिजाले एनआरटीको शीर्ष ६ मा पर्ने सम्भावना कमजोर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?