सहिद स्मारक ‘ए’ डिभिजन लिग : पाँचौं स्थानमा उक्लियो जाउलाखेल युथ क्लब

जाउलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पाँचौं स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्समा शनिबार भएको ललितपुर डर्बी भिडन्तमा जाउलाखेलले फ्रेन्ड्स क्लबलाई १–० गोलले हरायो ।

जाउलाखेलको जितमा फोडे फोफानाले निर्णायक गोल गरे । फोडेले ५८औं मिनेटमा गरेको गोलन जाउलाखेलका लागि पर्याप्त बन्यो । १० खेलाडीमा समेटिएको फ्रेन्ड्सले राम्रो प्रदर्शन गर्न सकेन । फ्रेन्ड्सका साउल डी अक्विनो ६२औं मिनेटमा रातो कार्ड पाउँदै बाहिरिएका थिए । जाउलाखेलका फोडे म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

जितसँगै जाउलाखेलले ११ खेलबाट १८ अंक बनाएको छ । १४ अंक बनाएको फ्रेन्ड्स नवौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?